Rule 15
कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त र सुविधा

कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था विनियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ र त्यसरी विनियमावली नबनेसम्म निजको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था समितिले तोके बमोजिम हुनेछ ।